मधेस र कोशी प्रदेशमा ड्रोनबाट कडा सुरक्षा निगरानी, अफवाह फैलाउनेलाई कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी
काठमाडौं। धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने प्रयासहरू बढेपछि गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनमा मधेस र कोशी प्रदेशका संवेदनशील क्षेत्रहरूमा सुरक्षा निगरानी अत्यन्त कडा पारिएको छ।
सम्भावित दंगा र उक्साहटपूर्ण गतिविधिलाई नियन्त्रणमा लिन सुरक्षा निकायले प्रविधिको प्रयोग गर्दै ड्रोनमार्फत अनुगमन तीव्र बनाएको हो।
गृह मन्त्रालयले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउने, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह फैलाउने एवं कानुनविपरीत गतिविधिमा संलग्न हुने जो-कोहीलाई प्रमाणका आधारमा तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गरिने जनाएको छ।
साथै, स्थानीय प्रशासनले आम नागरिकलाई शान्त, संयमित र सचेत रहन आग्रह गर्दै कुनै पनि प्रकारका भ्रामक सूचना, अफवाह वा उत्तेजनात्मक उक्साहटको पछि नलाग्न अपिल गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment