किसानलाई निवृत्तिभरणको व्यवस्था गर्न परिचय-पत्र वितरण

डिसी नेपाल
१४ असोज २०७६ १६:३४

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष भित्रै किसानलाई पनि निवृत्तिभरणको व्यवस्था गर्ने तयारी गरेको छ ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानलाई निवृत्तिभरणको व्यवस्था गर्न परिचय पत्र वितरणको काम तत्काल सुरु गर्न लागिएको पनि जानकारी समेत दिए।

राष्ट्रिय किसान आयोगले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले किसानलाई परिचय पत्र वितरण गरेपछि नियमावली बनाएर निवृत्तिभरण दिने योजना रहेको पनि स्पष्ट पारे। त्यसका लागि बजेटका व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव लगिएको मन्त्री खनालको भनाई छ ।

मन्त्री खनालले किसानलाई परिचय पत्र वितरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *