बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित
मियामी। बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले शनिबार लिग्स कपको खेलमा मोन्टेरेसँर्ग २–१ ले पराजीत हुनरिको छ।
टोलीहरूले खेलअघि जर्ज मेस्सीका लागि एक मिनेट मौन धारण गरेका थिए। उनको अर्जेन्टिनामा ६८ वर्षको उमेरमा निधन भएको हो। इन्टर मियामीका कप्तान लियोनेल मेस्सी शनिबार राति त्यहाँ पुगेका थिए।
“हाम्रो हृदय हाम्रा कप्तान लियो र सम्पूर्ण मेस्सी परिवारसँग छ,” इन्टर मियामीले एक विज्ञप्तिमा भनेको छ।
अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डि पाउलले ३२ औं मिनेटमा गोल गरेर मियामीलाई पहिलो ४५ मिनेटमा १–० को अग्रता दिलाउनुभएको थियो। यो मेक्सिकन टोलीविरुद्धको समूह चरणको खेल थियो।
बेल्जियमका स्ट्राइकर हुगो कुइपर्सले ४७ औं मिनेटमा गोललाई बराबरी गरेका थिए। त्यसपछि उरुग्वेकास्ट्राइकर डिएगो रोस्सीले ९० औं मिनेटमा विजयी गोल गरेका थिए।
मेजर लिग सकरको च्याम्पियन मियामीले आफ्नो पहिलो समूह चरणको खेलमा एट्लेटिको सान लुइसलाई ४–२ ले जितेका थियो। इन्टर मियामी बुधबार लियोनसँग खेल्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment