सिताराम गोकुल मिल्क्स डिजिटल बन्दै: नयाँ वेबसाइट सञ्चालन, छिट्टै मोबाइल एप पनि आउने

डिसी नेपाल
२५ साउन २०८३ १०:३९

काठमाडौं। नेपालको अग्रणी दुग्ध उत्पादक कम्पनी सिताराम गोकुल मिल्क्स प्राइभेट लिमिटेडले उपभोक्तालाई आधुनिक र सहज सेवा प्रदान गर्ने उद्देश्यले नयाँ आधिकारिक वेबसाइट (sitaramdudh.com) सञ्चालनमा ल्याएको छ। यसका साथै कम्पनीले आगामी एक साताभित्रै एन्ड्रोइड  र आईओएस  दुवै प्लेटफर्ममा उपलब्ध हुने गरी आफ्नै मोबाइल एप पनि सार्वजनिक गर्ने घोषणा गरेको छ

कम्पनीको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच प्रबन्ध निर्देशक सुमित केडियाको अध्यक्षतामा उक्त डिजिटल प्लेटफर्मको औपचारिक शुभारम्भ गरिएको हो। कार्यक्रममा बोल्दै केडियाले सार्वजनिक गरिएको नयाँ वेबसाइट र छिट्टै आउने मोबाइल एपले उपभोक्तालाई घरमै बसी-बसी शुद्ध दूध, घिउ, दही, पनिर, लस्सी, बटर तथा आइसक्रिम जस्ता उत्पादनको जानकारी लिन र अनलाइन अर्डर गर्न सहज बनाउने बताए

नयाँ डिजिटल प्लेटफर्ममार्फत ग्राहकले कम्पनीका सम्पूर्ण दुग्धजन्य उत्पादनहरू जस्तै शुद्ध दूध, घिउ, सुगर-फ्री दही, पनिर, मोत्जारेला चिज, लस्सी, बटर र आइसक्रिमको विस्तृत विवरण, मूल्य र पोषणसम्बन्धी जानकारी पारदर्शी रूपमा हेरेर अनलाइन अर्डर गर्न सक्नेछन्

कम्पनीका अनुसार प्लेटफर्ममा नियमित ग्राहकका लागि सब्स्कृप्सन  मोडलमार्फत पनि सामान खरिद गर्न सकिने सुविधा उपलब्ध गराइएको छ। आधुनिक प्रविधिलाई ध्यानमा राख्दै निर्माण गरिएको यस प्रणालीमा ई-सेवा र खल्ती जस्ता डिजिटल वालेटमार्फत सुरक्षित भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। कम्पनीले गुणस्तरीय उत्पादनहरूलाई छिटो र प्रभावकारी ढङ्गले उपभोक्ताको घरदैलोसम्म पुर्‍याउन डिजिटल डेलिभरी प्रणालीलाई प्राथमिकतामा राखेको जनाएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *