क्रिकेटर अभिषेक बलात्कार आरोपमा पक्राउ

डिसी नेपाल
२६ साउन २०८३ १७:४४

काठमाडौं। भारतीय क्रिकेटका खेलाडी तथा आइपिएल टिम दिल्ली क्यापिटल्सका विकेटकिपर ब्याटर अभिषेक पोरेललाई बलात्कारको आरोपमा पश्चिम बंगालको हुगली प्रहरीले पक्राउ गरेको छ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार पोरेलमाथि विवाह गर्ने आश्वासन दिएर एक महिलासँग यौन सम्बन्ध राखेको आरोप छ। हुगली ग्रामीणका प्रहरी अधीक्षक कुँवर भूषण सिंहले मुद्दा दर्ता भइसकेको र पक्राउका लागि अदालतको आदेश रहेकाले उनलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

एक महिला चिकित्सा विद्यार्थीले गत जुन २३ मा मोघरा प्रहरी चौकीमा पोरेलविरुद्ध उजुरी दिएकी थिइन्। उजुरीमा आफूहरू करिब साढे तीन वर्षदेखि सम्बन्धमा रहेको र विवाह गर्ने योजना बनाएको दाबी गरिएको छ।

प्रहरीका अनुसार मोघरा प्रहरी चौकीमा दर्ता भएको मुद्दामा भारतीय न्याय संहिताका विभिन्न धारासहित सूचना प्रविधि कानुनका सम्बन्धित धाराअन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

पोरेलले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै त्यसलाई झुटो बताएका छन्। पोरेल सन् २०२३ देखि भारतीय क्रिकेटको प्रमुख घरेलु प्रतियोगितामा खेल्दै आएका छन्। उनले हालसम्म ३५ खेलमा ७६९ रन बनाएका छन्। उनी बंगाल क्रिकेट टोलीका प्रमुख खेलाडीमध्ये एक हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *