बंगलादेशले अस्ट्रेलियाविरुद्ध रच्यो इतिहास, अस्ट्रेलियाको नाममा लज्जास्पद रेकर्ड

डिसी नेपाल
३१ साउन २०८३ १२:०३

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा खेलिएको पहिलो टेस्ट म्याचमा बाङ्ग्लादेशले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियालाई ९ विकटले पराजित गरेर नयाँ इतिहास रचेको छ।

बाङ्ग्लादेशले खेलको दोस्रो पारिमा ५७ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा केवल एक विकट गुमाएर सहज जित दर्ता गर्‍यो। बाङ्ग्लादेशले अस्ट्रेलियाली क्रिकेट टोलीलाई उसैको घरेलु मैदानमा हराएको यो पहिलो पटक हो।

यस प्रतिस्पर्धामा बाङ्ग्लादेशले पहिलो पारिमा ४२६ रनको विशाल योगफल बनाएको थियो भने अस्ट्रेलियाको टोली पहिलो पारिमा १९८ र दोस्रो पारिमा २८४ रनमै समेटिएको थियो।

बाङ्ग्लादेशी तीव्र गतिका बलर हसन महमूदले खेलभरि कुल ९ विकट लिँदै जितमा मुख्य भूमिका खेले र उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

५७ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको बाङ्ग्लादेशको टोलीका तर्फबाट सदमान इस्लामले २५ र मोमिनुल हकले ३० रन बनाए। यस्तै, तन्जिद हसन तमिम भने खाता नै नखोली पेभिलियन फर्कनुपरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *