ग्यास अभावले भात खान नपाएको भन्दै बालेनसँग हर्क साम्पाङले मागे राजीनामा
काठमाडौं। नेपाली बजारमा खाना पकाउने ग्यासको चरम अभाव भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफूले ग्याँस नहुँदा खाना खान नपाएको बताएका छन्।
काठमाडौंमा ग्याँस नपाएर सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले आफ्नो यो समस्याप्रति बालेन्द्र शाह नेतृत्वको सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्। साम्पाङले आफ्नो पीडा पोख्दै बालेनलाई व्यङ्ग्यात्मक शैलीमा ग्याँस उपलब्ध गराउन वा पदबाट राजीनामा दिन चुनौती दिएका छन्।
बालेन्द्र शाह नेतृत्वको सरकारले बजारमा ग्याँसको सहज आपूर्ति गराउन नसक्दा यतिखेर लाखौँ जनता इन्धन अभावका कारण चरम अप्ठ्यारोमा परेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment