ओली भन्छन्- एमाले पुनर्गठन होइन, पुनर्जागरण आवश्यक
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको माग गर्नेहरूलाई अराजक संज्ञा दिएका छन्।
झापा एमालेद्वारा आयोजित ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन समारोहमा बोल्दै उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर र हस्ताक्षर अभियान चलाएर अध्यक्ष फेर्ने गतिविधि सैह्य नहुने स्पष्ट पारे।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमाले अहिले पुनर्गठनको नभई ‘पुनर्जागरण’को अवस्थामा रहेको र नीति, गन्तव्य तथा कार्यक्रम बदल्ने कुरा मात्र वास्तविक परिवर्तन हुने बताए।
पार्टीका साधारण सदस्यहरूले समेत चुनावमा मत नदिएकोप्रति असन्तुष्टि जनाउँदै उनले पार्टीलाई भोट नहाल्नेहरूको सदस्यता नवीकरण नगर्न र नयाँ सदस्यहरू विस्तार गर्न निर्देशन दिए।
साथै, २०२९ देखि २०३२ सालसम्म सीपी मैनाली समूहद्वारा आफूलाई सदस्यविहीन बनाइएको र २०७७ सालमा प्रचण्ड तथा माधवकुमार नेपालबाट निष्कासनमा परेको प्रसंग स्मरण गर्दै उनले आफूले निरन्तर पार्टीको रक्षा गर्दै आएको दाबी गरे। पार्टीभित्र लोकतन्त्र जीवित रहेको उल्लेख गर्दै ओलीले आफूले कहिल्यै पनि कडा स्वर वा वचन प्रयोग नगरेको र पार्टीमा कोही मालिक तथा कोही दास नहुने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment