मानार्थ महारथीको दर्जा लिन भारतीय प्रधानसेनापति सेठ नेपालमा
काठमाडौं। भारतीय प्रधानसेनापति जनरल धिरज सेठ मानार्थ महारथीको दर्जा ग्रहण गर्न आइतबार काठमाडौं आइपुगेका छन्।
एयर इन्डियाको विमानमार्फत अपराह्न ४:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका सेठले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नेछन् भने नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गर्ने कार्यक्रम छ।
भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी गत जुन ३० मा सम्हालेका सेठलाई नेपालले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्न लागेको हो।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछन्।
नेपाल र भारतबीचका प्रधानसेनापतिलाई एकअर्को देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। यही परम्पराअनुसार नेपाल भ्रमणमा आएका सेठलाई पनि उक्त सम्मान प्रदान गर्न लागिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment