रसिला र प्रिन्सद्वारा पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि रक्षा
काठमाडौं। एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ्ग १४औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियता तर्फको उपाधि रक्षा गर्न सफल भएका छन्।
पुरुष तर्फ एपिएफका प्रिन्स दाहाल र एपिएफकै क्षितिज खनालबीच भएको खेलमा प्रिन्सले जित हात पारेका थिए। प्रिन्सले २१–१५, २१–७ को जित हात पारेका हुन्। यसका साथै प्रिन्सले लिगमा हारेको बदाला समेत लिएका छन्। प्रिन्सले ४८ हजार ५ सय मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे भने उपविजेता क्षितिजले ३० हजार मेडल। प्रमाण पत्र र ट्रफी प्राप्त प्राप्त गरे। पिस फिटनेश क्लबका बिष्णु कटुवाल र आर्मीका प्रफुल महर्जन संयुक्त तेश्रो भए। बिष्णुले नगद १२ हजार ५ सय, प्रफुलले नगद १४ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।
त्यस्तै त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ्ग १४औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियता महिला तर्फको उपाधी रक्षा गरेकी छिन्। आज सम्पन्न फाईनल खेलमा रसिलाले पुलिसकी शेस्ना श्रीपालीलाई २१–१२, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधी रक्षा गरेकी हुन्। तृतीय स्थानमा पुलिसकी निता लम्साल र एपिएफकी रिहाना शेरचन रहे। रसिलाले नगद ५० हजार पुरस्कार प्राप्त गरिन्। दोश्रो भएकी शेस्नाले नगद २८ हजार ५ सय र तृतीय भएका रिहाना सेरचन ले नगद १४ हजार र निता लम्सालले नगद १२ हजार ५ सय प्राप्त गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment