म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड
काठमाडौं। आर्सनलले प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई पराजित गर्दै सन् २०२६ को कम्युनिटी शिल्डको उपाधि जितेको छ।
आइतबार राति सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
आर्सनलले खेल सुरु भएको २३ सेकेन्डमै अग्रता बनाएको थियो। माइलेस लुइस स्केलीको पासमा रिकार्डो कालाफियोरीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए। आर्सनलले २८औँ मिनेटमा अग्रता दोब्बर बनायो। नयाँ खेलाडी क्रिस्टोस जोलिसले मार्टिन ओडेगार्डको क्रसलाई गोलतर्फ फर्काएपछि काइ हाभर्ट्जले हेडमार्फत गोल गरेका थिए। दोस्रो हाफ सुरु भएको तीन मिनेटमै आर्सनलले तेस्रो गोल गर्यो। जोलिसको पासमा ओडेगार्डले म्यानचेस्टर सिटीको गोल क्षेत्रमा बल पाए। उनले गोलरक्षक जियानलुइजी डोनारुम्मालाई झुक्याउँदै बललाई अर्को कुनामा पठाए।
म्यानचेस्टर सिटीविरुद्धको जितसँगै आर्सनलले चार महिनाभित्र दोस्रो उपाधि जितेको छ। यो आर्सनलको समग्रमा १८औँ कम्युनिटी शिल्ड उपाधि हो।
म्यानचेस्टरमा रहेको वेम्बली रंगशालामा क्यानडेली गायक द विकेन्डको सांगीतिक कार्यक्रम भइरहेकाले खेल कार्डिफस्थित प्रिन्सिपालिटी रंगशालामा आयोजना गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment