नेपाल ए ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

डिसी नेपाल
५ भदौ २०८३ १६:४६

काठमाडौं । नेपाल ए ले अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गतको खेलमा एनटी स्ट्राइकलाई १२३ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको हो।

नेपाल ए का लागि पवन सराफले ४१ रन बनाएका थिए भने लोकेश बमले १६, नारायण जोशीले १५, कप्तान अनिल शाहले १४, तृतराज दासले १३ रन बनाएका थिए।

त्यस्तै एनटी स्ट्राइकका बलर हमिश मार्टिनले सर्बाधिक ३ विकेट लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *