विवादित रोशनी शाहीको सम्बन्धविच्छेद !

डिसी नेपाल
१६ असोज २०७६ १०:२२

काठमाडौं। निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुराचार अघियोग लगाएर लगत्तै यु टर्न भएकी विवादित महिला रोशनी शाहीको सम्बन्धविच्छेद भएको छ । रोशनी र उनका पति चित्र जंग शाहीले सहमतिमै सम्बन्धविच्छेद गर्ने निर्णय गरेका हुन् । यद्यपि उनीहरुको सम्बन्धविच्छेदले कानुनी पूर्णता पाउन बाँकी नै छ ।

पति चित्र जंग शाहीले फेसबुकमा आफूहरु दुवैले सम्बन्धविच्छेद गर्न सहमत भएको व्यहोरा लेखि दुवैले हस्ताक्षर गरेको कागज पोस्ट गर्दै यसको जानकारी दिएका हुन् । रोशनी शाहीले आइतबार एक मिडियालाई भिडियो अन्तरवार्ता दिँदै महराले आफूलाई जबरजस्ती करणी गरेको बताएकी थिइन् । त्यस दिन उनले प्रहरी समेत बोलाएकी थिइन् । तर, लगत्तै उनले यो आरोपबाट यु टर्न लिँदै महरा निर्दोष भएको भनिन् । अहिलेसम्म उनले सामाजिक संजालमा महराको पक्षमा खरो रुपमा वकालत गरिरहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *