टप एन्ड सिरिजमा नेपाल ए को लगातार दोस्रो हार

डिसी नेपाल
६ भदौ २०८३ १७:२०

काठमाडौं। अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ‘ए’ बंगलादेशको हाई परफरमेन्स एघारसँग पराजित भएको छ। शनिबार सम्पन्न खेलमा बंगलादेश एघारले खेल ९ विकेटले जितेको हो।

नेपालले दिएको सय रनको लक्ष्य पछाएको बंगलादेश एघारले १०.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको हो। नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक ४६ रन बनाएका थिए भने शहाब आलम र विपिन खत्रीले ११-११ रन बनाएका थिए भने रिजन ढकालले १० रन बनाएका थिए। त्यस्तै बंगलादेशका मोहमद रुबेईले सर्बाधिक ४ विकेट लिएका थिए।

यो नेपाल ए को लगातार दोस्रो हार हो। नेपाल ए ले यसअघि आफ्नो पहिलो खेलमा एनटी स्ट्राइक ८ विकेटको हार बेहोरेको थियो।

अस्ट्रेलियाको एनटी स्ट्राइकले आयोजना गर्ने टप एन्ड टी-२० प्रतियोगिता अगस्ट ३० सम्म डार्विनमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल ए ले अगस्ट २४ मा हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *