मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो, अभ्यास खेलमा जित निकाल्ने लक्ष्य

डिसी नेपाल
९ भदौ २०८३ ९:५१

काठमाडौँ, ९ भदौः मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ। मलेसियामा जारी खेल एसिसी प्रिमियर कपको तयारीका रूपमा खेलाइएको हो।

नेपालले एसिसी प्रिमियर कपलाई लक्षित गर्दै मलेसियाविरुद्ध दुईवटा एकदिवसीय अभ्यास खेल खेल्दैछ। प्रतियोगिताअघि टोलीले आफ्नो तयारीलाई थप मजबुत बनाउन यी अभ्यास खेललाई महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

नेपाली टोलीले यसअघि भारतमा १० दिनको प्रशिक्षण सम्पन्न गरेको थियो। प्रशिक्षणका क्रममा नेपालले कर्नाटक राज्यस्तरीय टोलीसँग दुईवटा अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपालले जित हासिल गरेको थियो।

भारतमा प्रशिक्षण तथा अभ्यास खेल सम्पन्न गरेपछि नेपाली टोली उतैबाट मलेसिया प्रस्थान गरेको थियो। मलेसियाविरुद्धको अभ्यास खेलपछि नेपाली टोलीले एसिसी प्रिमियर कपका लागि अन्तिम तयारी गर्नेछ।

आसन्न एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालले प्रतियोगिताको समूह चरणको पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्नेछ।

नेपालले समूह चरणमा आयोजक मलेसियासहित साउदी अरेबिया र हङकङसँग पनि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताअघि मलेसियाविरुद्धका अभ्यास खेलले नेपाली टोलीलाई आफ्नो संयोजन, खेलाडीको प्रदर्शन र रणनीति परीक्षण गर्ने अवसर दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *