महोत्तरीमा एक युवतीको बलात्कार गरी हत्या
सांकेतिक तस्बिर
जलेश्वर। महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान शव फेला परेको हो।
उनले मृतक युवती शर्मिला दनुवारको मुख र घाँटी बाँधिएको, दुईटै आँखामा नीलडाम भएको, शरीरको विभिन्न भागमा चोटपटक लागेको तथा योनीबाट अत्यधिक रक्तश्राव भएको अवस्थामा शव फेला परेकोले उनको बलात्कार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment