बाढी प्रभावित क्षेत्रमा ४२ बेलिब्रिज बनाइदिन भारत र चीनसँग सरकारको अनुरोध
काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रमा यातायात सेवा तत्काल सुचारु गर्न भारत र चीनसँग ४२ वटा बेलिब्रिज निर्माणका लागि सहयोग मागेको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाललाई हाल आवश्यक परेको बेलिब्रिजको संख्या उल्लेख गर्दै दुवै छिमेकी मुलुकसँग औपचारिक अनुरोध गरिएको छ।
अहिले वैदेशिक सहायतालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मागका आधारमा स्वीकार गर्ने व्यवस्था मिलाइएको छ। प्राधिकरणले विपद्पछिको अवस्थालाई सामान्य बनाउन र आवागमन सहज पार्न तत्काल ४२ वटा पुल आवश्यक रहेको आंकलन गरेपछि सरकारले यो कदम चालेको हो।
विशेषगरी रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आएको बाढीले अधिकांश पुलहरू बगाएपछि मानिसहरूको आवतजावत र सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
यसैबीच, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक परेको खण्डमा बेलिब्रिजसहितका राहत सामाग्री उपलब्ध गराउन भारत तयार रहेको बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment