प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई

डिसी नेपाल
१२ भदौ २०८३ २०:४५

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्। आज बेलुका सामाजिक सञ्जालमार्फत उनले ढाँटलाई बधाई दिएका हुन्।

प्रधानमन्त्री शाहले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकामा फाइटर ढाँटलाई धन्यवादसमेत दिनुभएको छ।

“नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु युएफसी सिजन–५’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकामा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद”, प्रधानमन्त्री शाहले लेखेका छन्।

उनले अगाडि लेखेका छन्, ‘उहाँको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय हो। सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ। मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्नेगरी हामी निरन्तर काम गरिरहेका छौँ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *