टप एन्ड सिरिज : नेपाल ए भिक्टोरियासँग पराजित

डिसी नेपाल
१३ भदौ २०८३ १६:५९

काठमाडौं। नेपाल ए अस्ट्रेलिया जारी टप एन्ड सिरिजको अन्तिम खेलमा पराजित भएको छ।

शनिबार सम्पन्न खेलमा भिक्टोरिया सिए एघारले नेपाल ए लाई एक विकेटले पराजित गरेको हो।

नेपाल ए ले दिएको १४३ रनको लक्ष्य पछाएको भिक्टोरियाले २० ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

यसअघि नेपाल ए ले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो। नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक अविजित ९० रन बनाएका थिए भने दीपक डुम्रेले १६ रन बनाएका थिए।

योसँगै टप एन्ड सिरिजमा एडेलेड स्ट्राइकर्स एकेडेमी, बंगलादेश एचपी एघार, भिक्टोरिया सिए एघार र न्यूजील्याण्ड ए टिम सेमिफाइनलमा पुगेका छन्।

नेपाल ए ले ६ खेलमा २ जित हासिल गरेको थियो भने ४ खेलमा हार बेह्रोरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *