सन्दीप लामिछाने ‘द हन्ड्रेड’को ड्राफ्टमा पर्न सफल, १ करोड ३९ लाख मूल्य पाउने
फाइल फोटो
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्याण्ड र वेल्समा हुने द हन्ड्रेड प्रतियोगिताको ड्राफ्टमा पर्न सफल भएका छन्।
उक्त प्रतियोगिता आगामी वर्ष हुनेछ। जसका लागि ११ देशका १६५ विदेशी खेलाडीहरुलाई ड्राफ्टमा पर्न सफल भएका हुन्। जसमा सन्दिप लामिछाने छन्।
‘द हन्डे्रड’ १०० बलको फ्रेन्चाइज प्रतियोगिता हो। ड्राफ्टमा खेलाडी राखिएसँगै अब खेलाडी छनौट भने अक्टोबर २० मा हुनेछ।
खेलाडीहरुलाई तलबको आधारमा ७ वटा क्याटागोरीमा राखिएको छ। सन्दिप रहेको क्याटागोरीमा रासिद खान, ग्लेन म्याक्सवेल, केइरन पोलार्ड, हरवजन सिंह, आन्द्रे रसेल, सकिब अल हसन, तमिम एकबाल, साहिद अफ्रिदी र ड्वाइन ब्राभो पनि रहेका छन्। उनीहरु सबैको मूल्य १ लाख पाउन्ड राखिएको छ। जुन नेपालीमा १ करोड ३९ लाख ७८ हजार रुपैयाँ हुन आउँछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment