पश्चिम नवलपरासीमा प्रहरीद्वारा गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ
काठमाडौं। पश्चिम नवलपरासीमा प्रहरीले गोली प्रहार गरी दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा कारबाही गर्दा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्ने दुवै जना भारतीय नागरिक रहेका छन्। प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा चार राउन्ड हवाई फायर गरेको जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट १५८ ग्राम अवैध खैरो हेरोइन समेत बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment