घरमा पानी लगाउने क्रममा करेन्ट लागेर १ जनाकाे ज्यान गयाे
झापा । झापाको कमल गाउँपालिका–३ स्थित केरखामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा वडा नं १ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै करेन्ट लागेर उनकी श्रीमती ६१ वर्षीय पम्फादेवी चौलागाईं घाइते भएकी छन्। आज बिहान आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन्ट लागेर चौलागाईं दम्पति घाइते भएका थिए।
घाइते विष्णुप्रसादलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। पम्फादेवीको सोही अस्पतालमा उपचार भइरहेको छ।रासस
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment