हजारभन्दा बढी विद्यार्थीको ज्यान जोगाउने प्रधानाध्यापक दवाडीलाई चौधरी फाउन्डेसनद्वारा विद्यालय पुनरोत्थानको घोषणा
काठमाडौं। हजारभन्दा बढी विद्यार्थीको ज्यान जोगाउन सफल त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीको साहसिक कदमको प्रशंसा गर्दै चौधरी फाउन्डेसनले विद्यालयको पुनरोत्थान र शैक्षिक सहायताको घोषणा गरेको छ।
साहसी प्रधानाध्यापक दवाडीसँगको भेटपछि फाउन्डेसनले विपद्बाट प्रभावित विद्यालयका लागि तत्कालै कक्षाकोठाका फर्निचर, डिजिटल बोर्ड, ल्यापटप, झोला तथा शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। फाउन्डेसनका अनुसार यी सामग्रीहरू तत्कालै विद्यालयमा हस्तान्तरण गरिनेछ।
भौतिक सामग्रीका साथै विद्यार्थी र शिक्षकको मानसिक स्वास्थ्य परामर्श, शिक्षक तालिम तथा इन्टरनेट पहुँच विस्तारमा पनि फाउन्डेसनको शिक्षा टोलीले प्रत्यक्ष सहयोग पुर्याउने भएको छ।
चौधरी फाउन्डेसनले विद्यालयको पुनःनिर्माण केवल कक्षाकोठा खडा गर्नु मात्र नभई विद्यार्थीहरूमा आशा र भरोसा पुनर्जागृत गर्नु रहेको उल्लेख गर्दै उद्धार र पुनरोत्थान अभियानमा निरन्तर साथ दिने जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment