विपद्का कारण आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ स्थगित
काठमाडौँ। सरकारले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत मंगलबार सार्वजनिक गर्ने तय भएको चिठ्ठाको नतिजा हालको विपद्को अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि स्थगित गरिएको छ।
आन्तरिक राजस्व विभागका अनुसार देशमा सिर्जित विपद्को परिस्थितिका कारण पूर्व निर्धारित नतिजा प्रकाशन कार्यक्रम स्थगन गरिएको हो।
नतिजा सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिए पनि प्रणालीमा योग्य कारोबारका आधारमा कुपन तयार हुने र थपिने प्रक्रिया भने निरन्तर जारी रहने विभागले जनाएको छ।
अहिलेको कार्यक्रमका लागि योग्य भइसकेका सम्पूर्ण कुपनहरू प्रणालीमा पूर्ण रूपमा सुरक्षित रहनेछन्।
स्थगित भएको यो शृङ्खला र यसपछिको अर्को नियमित कार्यक्रमको नतिजा एकैपटक संयुक्त रूपमा सार्वजनिक गर्ने विभागको तयारी छ।
नतिजा प्रकाशनको नयाँ मिति तथा संयुक्त चिठ्ठामा समेटिने अवधि लगायतका विस्तृत विषयमा विभागले चाँडै औपचारिक सूचना जारी गरी स्पष्ट पार्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment