हेल्प नेपाल नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावित १०० परिवारका लागि खाद्यान्न राहत हस्तान्तरण
काठमाडौं। बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी हेल्प नेपाल नेटवर्कले नुवाकोटमा राहत सामग्री पठाएको छ। संस्थाले मंगलबार बिहान नुवाकोटका बाढी प्रभावित १०० परिवारका लागि खाद्यान्न राहत सामग्री पठाएको हो।
सहयोगी दाताहरूबाट प्राप्त सहयोगलाई हेल्प नेपाल नेटवर्कले माध्यम बनेर प्रभावित क्षेत्रसम्म पुर्याएको जनाएको छ। विगत २२ वर्षदेखि नेटवर्कमा आबद्ध भई स्थानीय स्तरमा समन्वय गर्दै आएका नुवाकोट निवासी स्वयंसेवी मधुसूदन पौडेलमार्फत हिजो पठाइएको खाद्यान्न सामग्री सम्बन्धित निकायलाई बुझाइएको छ।

प्राप्त राहत सामग्री विदुर नगरपालिका वडा नम्बर १ स्थित त्रिशूली बजार, ढुङ्गे र टिमुरे लगायतका प्रभावित स्थानहरूमा वितरण गरिनेछ। त्रिशूलीपारि रहेको विदुर नगरपालिका वडा नम्बर १ जोड्ने पुल भत्किएका कारण ती क्षेत्रहरूमा हेलिकप्टरमार्फत क्रमैसँग राहत सामग्री पठाउने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ।
हेल्प नेपाल नेटवर्कले आवश्यकता अनुसार आगामी दिनमा पनि यस किसिमका राहत तथा सहयोग कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment