माथिल्लो त्रिशूली–३ ए को सुरुङभित्र एउटा शव फेला, ४० भन्दा बढी अझै फसेको अनुमान

डिसी नेपाल
१९ भदौ २०८३ १४:०९

काठमाडौँ। रसुवास्थित माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र दुई जनाको जीवितै उद्धार गरिएको स्थान नजिकै एक जनाको शव फेला परेको छ।

आयोजना प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मी तथा उद्धार टोलीले सुरुङभित्रबाट एउटा शव बाहिर निकालेका छन्। उक्त शवको पहिचान खुल्न बाँकी रहेको छ।

सुरुङबाट निकालिएको शवको सनाखत गर्ने कार्य भइरहेको छ। यसअघि १० दिनपछि जीवितै उद्धार गरिएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौँस्थित छाउनीमा उपचार भइरहेको छ। दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढी आउने समयमा सुरुङभित्र रहेको भूमिगत विद्युत् गृह (पावर हाउस) मा करिब ४२ जना इन्जिनियर तथा कर्मचारीहरू कार्यरत थिए। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त उद्धार टोलीले भूमिगत विद्युत् गृह क्षेत्रमा अन्य मानिसहरूलाई जीवितै उद्धार गर्न सकिन्छ कि भन्ने आशाका साथ खोजी तथा उद्धार कार्यलाई निरन्तर जारी राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *