दार्चुलामा पहिरोले नदी थुनियो, फुट्ने जोखिमपछि सतर्क रहन आग्रह
दार्चुला। दार्चुलाको अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा ठूलो पहिरो खस्दा चौलानी नदीको बहाव प्रभावित भएको छ। नदी आंशिक रूपमा थुनिएको छ र माथिबाट पहिरो आउने क्रम निरन्तर जारी रहेकाले नदी पूरै थुनिन सक्ने जोखिम बढेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै नदी थुनिएर एक्कासि फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ।
अपिहिमाल गाउँपालिका–२ को भट्टार क्षेत्रमा खसेको पहिरोले चौलानी नदीको बहाव रोकेको छ। पहिरो खस्ने क्रम अझै नरोकिएकाले जोखिम थप बढेको छ। घटना क्षेत्रमा भएको क्षतिको आधिकारिक विवरण सङ्कलन गर्न र वस्तुस्थिति बुझ्न प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।
नदीको बहाव थुनिँदा तल्लो तटीय क्षेत्रका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने जोखिम रहेकाले नदी किनारका स्थानीयलाई सतर्क रहन सचेत गराउने र सूचना प्रवाह गर्ने काम भइरहेको प्रशासनले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment