संखुवासभामा शिक्षकको गोली हानी प्रकरणमा एक जना पक्राउ

डिसी नेपाल
१९ भदौ २०८३ १६:१९

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ वालुङ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ३६ वर्षीय नरकुबिर खम्बु (राई)को गोली हानी हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार घटनामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान भने गोप्य राखेको छ।

विद्यालय परिसरमै बस्दै आएका प्रधानाध्यापक राईमाथि बिहीबार राति खाना खाएर हात धुन बाहिर निस्किएका बेला अज्ञात समूहबाट गोली प्रहार भएको थियो। गोली लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मूल घर सिलिचोङ गाउँपालिका–५ याफु भएका राई विगत एक वर्षदेखि उक्त विद्यालयमा करार शिक्षकका रूपमा कार्यरत थिए।

घटनास्थल पुगेको प्रहरी टोलीले कानुनी मुचुल्का तयार पार्ने काम गरिरहेको छ। आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षण (पोस्टमार्टम) का लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *