टिपरको ठक्करबाट शिक्षकको ज्यान गयो

डिसी नेपाल
२० भदौ २०८३ १६:०८

रौतहट। बारामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक शिक्षकको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुधौरा–पिलुवा सडकखण्डको बैजुरा पुलमा शनिबार दिउँसो भएको दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेलको मृत्यु भएको हो।

पिलुवाबाट पथलैयातर्फ जाँदै गरेको प्र.२–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकललाई निजगढतर्फ गइरहेको ना.१ अ १३४ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका चौरेललाई उपचारका लागि गण्डकस्थित बयोधा अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चौरेल कलैया उपमहानगरपालिका–२४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वामा शिक्षकका रूपमा कार्यरत रहेको स्थानीयले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *