जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते

डिसी नेपाल
१७ असोज २०७६ २३:४०

कञ्चनपुर । जङ्गली बँदेलको आक्रमणमा परेर आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका छन्।

धानबाली खान दिउँसै खेतमा छिरेका बँदेललाई कुकुरले लखेटेर मार्न थालेपछि बचाउन गएका प्रमानन्द बुढा क्षेत्री, सुदर्शन ठगुन्ना, धीरेन्द्रबहादुर खत्री र अमृता बोहरा घाइते भएका छन्।

घाइते चार जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको वडाध्यक्ष बहादुर महराले बताए।

‘बँदेललाई बचाउन जाँदा बँदेलले उल्टै आक्रमण गर्दा पाँच जना घाइते भएका छन्’, वडाध्यक्ष महराले भने, ‘कुकुरको आक्रमणबाट दुई वटा वयस्क पोथी बँदेलको मृत्यु भएको छ भने दुई वटाको उद्धार गरी नजिकैको वैजनाथ सामुदायिक वनमा सुरक्षितरुपमा छाडिएको छ।’

मरेका बँदेललाई सरोकारवालाको रोहवरमा कागजात तयार गरी खाल्डोमा हालेर पुरिएको उनको भनाइ छ।

भित्र्याउनै लागेको धानबाली बँदेललगायतका जङ्गली जनावरले खान थालेपछि स्थानीय किसानले सास्ती खेप्न बाध्य भएका छन्।

देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ।

यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *