काठमाडौं उपत्यकामा २४ घण्टामा ८९८ सवारी चालक कारबाहीमा

डिसी नेपाल
२२ भदौ २०८३ ७:०८

काठमाडौं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा नियम उल्लङ्घन गर्ने ८९८ जना सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। मङ्गलबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा चलाइएको विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।

कारबाहीमा पर्नेहरूमध्ये तीव्र गतिमा सवारी चलाउने ११८ जना, मादक पदार्थ सेवन (मापसे) गरी चलाउने ८० जना, सीसीटीभीमार्फत पहिचान भएका ८१ जना र रातोबत्ती उल्लङ्घन गर्ने ४६ जना रहेका छन्।

यसैगरी, नो हर्न नियम उल्लङ्घन गर्ने ३७ जना, सवारीको अवस्था ठिक नभएका २० जना, लेन अनुशासन पालना नगर्ने १२ जना, एकतर्फी (वनवे) मार्गमा सवारी चलाउने ४ जना र अन्य विविध नियम उल्लङ्घन गर्ने ५०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *