भोटेकोशी बाढी : किड्जोनद्वारा ९० हजार बढी सहयोग
अत्तरिया । कैलालीको अत्तरियास्थित किड्जोन स्कुल परिवारले हालैको बाढीबाट प्रभावित नागरिकहरूका लागि आर्थिक सहयोग प्रदान गरेको छ। विद्यालय परिवारले प्रधानमन्त्री राहत कोषमा ९० हजार २७० रुपैयाँ राहत रकम जम्मा गरेको हो।
प्याब्सन गोदावरी नगर कमिटी अध्यक्ष एवं विद्यालयका प्रिन्सिपल मदन जोशीका अनुसार विद्यालय परिवारका तर्फबाट सङ्कलन गरिएको उक्त सहयोग रकम प्याब्सन अत्तरियामार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।
सामाजिक दायित्व बोध गर्दै सङ्कटको घडीमा परेका नेपालीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारको अग्रसरतामा उक्त रकम सङ्कलन गरी हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ। साथै, विपद्को यस समयमा अन्य व्यक्ति तथा संस्थाहरूलाई पनि सहयोगका लागि अगाडि आउन आग्रह गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment