स्वदेशी स्याउ प्रवर्द्धन कार्यक्रमको मन्त्री चौधरीद्वारा निरीक्षण
काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा स्वदेशी स्याउको प्रवद्र्धन, बजारीकरण तथा अनुसन्धानसम्बन्धी ‘स्याउ प्रवद्र्धन कार्यक्रम’ सञ्चालन भइरहेको छ।
कार्यक्रमअन्तर्गत नार्क परिसर, सिंहदरबार प्लाजामा सञ्चालन भइरहेको गतिविधिको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निरीक्षण गरेकी छन्।
निरीक्षणका क्रममा मन्त्री चौधरीले स्वदेशी स्याउको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणका लागि भइरहेका प्रयासबारे जानकारी लिएकी थिइन्।
उनले स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै कृषकलाई प्रोत्साहन हुने गरी अनुसन्धान र बजारीकरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्।
कार्यक्रममा स्वदेशी स्याउको उत्पादन, अनुसन्धान, प्रविधि तथा बजार प्रवद्र्धनसम्बन्धी विभिन्न गतिविधि प्रस्तुत गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment