रसुवा, नुवाकोट तथा धादिङमा स्वास्थ्य बीमाको सहभुक्तानी र सीमा हटाइयो
काठमाडौं। रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिकलाई सहज रूपमा स्वास्थ्य बीमा सेवा उपलब्ध गराउन स्वास्थ्य बीमा बोर्डले सहभुक्तानी र सेवा सीमासम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको छ।
बोर्डको भदौ २२ गतेको निर्णयअनुसार तीनवटै जिल्लामा स्वास्थ्य बीमा सेवा प्रदायक संस्थामा तोकिएको विपद् सङ्कटग्रस्त क्षेत्रको अवधिसम्म स्वास्थ्य बीमामा लाग्ने सहभुक्तानी र सेवा सीमा हटाइनेछ।
त्यस्तै, स्वास्थ्य बीमा परिचयपत्र नभएका बिमितले पनि सेवा पाउने व्यवस्था गरिएको छ। परिचयपत्र नभएको अवस्थामा सेवा प्रदायक स्वास्थ्य संस्थाले उपलब्ध प्रणालीमार्फत बिमितको स्वास्थ्य बीमा नम्बर यकिन गरी सेवा उपलब्ध गराउन सक्ने बोर्डले जनाएको छ।
ल्हेन्दे खोलाबाट आएको बाढीका कारण नेपाल सरकारले रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा बोर्डले यस्तो निर्णय गरेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment