दक्षिण अफ्रिका–भारत टेस्ट क्रिकेटः भारतद्वारा ३९५ रनको चुनौती
विशाखापटनम (रासस/एएफपी) । भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेटको चौथो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिका विरुद्ध भारतले सुदृढ प्रदर्शन गरेको छ।
भारतले दोस्रो इनिङमा ४ विकेटको क्षतिमा ३२३ रन बनाई पाली समाप्तिको घोषणा गरेको छ। दक्षिण अफ्रिका समक्ष जितका लागि भारतले ३९५ रनको विशाल चुनौती दिएको छ।
दक्षिण अफ्रिकाले चौथो दिनको पहिलो सत्रमा सबै विकेट गुमाएर ४३१ रन मात्र बनाएको थियो। यद्यपी भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ५०२ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो।
भारतका लागि दोस्रो इनिङमा प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले १२७ रन बनाएका छन्। शर्माले पहिलो इनिङमा पनि व्यक्तिगत १७६ रन बनाएका थिए।
दोस्रो इनिङमा ब्याटिङ शुरु गरेको दक्षिण अफ्रिकाले चौथो दिनको खेल सकिँदा १ विकेटको क्षतिमा ११ रन बनाएको छ। पहिलो इनिङमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक १६० रनको योगदान गरेका डिन एल्गर २ रनमै रविन्द्र जडेजाको बलमा एलबीडब्लु आउट भएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment