राजविराजमा स्यालको टोकाइबाट ६ घाइते

डिसी नेपाल
१९ असोज २०७६ ०:०४

राजविराज । सप्तरीको लालपुरमा बहुला स्यालको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन्।

जिल्लाको खडक नगरपालिका–११ लालपुरमा शुक्रबार राति एक्कासी गाउँ पसेको बहुला स्यालले आक्रमण गर्दा स्थानीय ४० वर्षीया गुलावीदेवी रौनियार, २५ वर्षिया अमेरिकादेवी साह, ओमप्रकाश साह र आड वर्षीय छोरा गोविन्द साहलगायत अन्य दुई गरी छ घाइते भएको स्थानीयवासी वीरेन्द्र साहले जानकारी दिए।

घाइते अन्यको नाम खुल्न नसकेको जानकारी दिँदै स्यालको टोकाइबाट घाइते भएका उनीहरूको कल्याणपुरस्थित एडभान्स अस्पतालमा उपचार भइरहेको स्थानीयवासी साहले बताए।

यता, आक्रमण गर्ने बहुला स्यालको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *