कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम तीव्र

डिसी नेपाल
२८ भदौ २०८३ १६:०९

काठमाडौं। रसुवा बाढीका कारण अवरुद्ध बनेको कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम आज दशौँ दिन पनि तीव्र गतिमा भइरहेको छ।

नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डका अनुसार सडकको सतह सम्याएर अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम भइरहेको छ। साथै ग्राभेल बिछ्याउने र सडकको सतहमुनिको नाली निर्माणको काम पनि अघि बढाइएको छ।

यात्रु तथा सवारीसाधनको आवागमन छिटो, सहज र सुरक्षित बनाउन निर्माण टोली निरन्तर कार्यस्थलमा खटिएको योजनाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *