एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

डिसी नेपाल
२८ भदौ २०८३ २०:२२

काठमाडौं। सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९ लाख ३० हजार ठगी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसरबाट परिचालन भएको टोलीले पक्राउ गरेको छ।

टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेष्ट हाउसबाट निजलाई शनिबार पक्राउ गरिएको हो। करणी कसुरमा नक्खु कारागारमा सजाय भोगिरहेका अभियु्क्त पोहोर भदौ २४ गते त्यहाँबाट भागेका कैदी हुन्।

यसैबीच,स्रोत नखुलेको रु १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ का युवराज घतानी पनि पक्राउ परेका छन्। स्कुटरमा केशरमहलतर्फ गइरहेका उनलाई शङ्का लागेर खानतलास गर्दा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *