कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

डिसी नेपाल
२८ भदौ २०८३ २१:३७

झापा। कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ।

झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलका अनुसार अस्पताललाई एउटा अल्ट्रासाउण्ड मेसिन र बायो रेड डी मेसिन प्रदान गरिएको हो।

सो उपकरण अध्यक्ष पोखरेलले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई हस्तान्तरण गरे।

काठमाडौंस्थित लिमिनल हेल्थकेयर प्रालिले समाजलाई उपलब्ध गराएको उपकरण आवश्यकताको पहिचान गरी कन्काइ नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष पोखरेलले बताए।

उपकरणका कारण अस्पतालमा स्वास्थ्य परीक्षण गर्न सहज हुने अपेक्षा गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *