चिलिमे अपडेट : टनेलमा खोजी तथा उद्धार कार्य तीव्र (तस्बिरहरू)

डिसी नेपाल
२९ भदौ २०८३ १६:०२

काठमाडौं। रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङ (टनेल) क्षेत्रमा फसेका श्रमिक तथा प्राविधिकहरूको खोजी र उद्धार कार्य निरन्तर जारी रहेको छ।

बाढीपछि सुरुङको प्रवेशद्वार तथा भित्री भागमा थुप्रिएको बाक्लो लेदो, ढुङ्गामुढा र भग्नावशेष पन्छाउँदै उद्धार टोली अघि बढिरहेको छ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्राविधिक टोली संयुक्त रूपमा खटिएका छन्। टोलीले रातदिन नभनी लेदो पन्छाउने काम भइरहेको उद्धारमा संलग्न सुरक्षा निकायले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *