नेपाललाई दैनिक १८ घण्टा विद्युत् दिन भारतको स्वीकृति

डिसी नेपाल
२९ भदौ २०८३ १९:१५

काठमाडौं। भारतको पावर मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ।

भारतको पावर मन्त्रालयका अनुसार सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म नेपाल विद्युत् प्राधिकरणलाई मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनमार्फत ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ।

बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि आन्तरिक विद्युत् उत्पादन घटेकाले भारतले थप विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो।

भारतले सन् २०२७ जनवरीदेखि विद्युत् निर्यातको परिमाणबारे डिसेम्बर २०२६ मा पुनरावलोकन गर्ने जनाएको छ। भारतले यस निर्णयले कठिन अवस्थामा नेपालको विद्युत् आवश्यकता पूरा गर्न सहयोग पुग्नुका साथै दुई देशबीचको ऊर्जा सहकार्य थप बलियो हुने मन्त्रालयले बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *