भक्तपुरका दुई वटा शैक्षिक संस्थाहरूद्वारा १०/१० लाख सहयोग

डिसी नेपाल
३० भदौ २०८३ २०:५१

ख्वप (भक्तपुर)। भक्तपुरका दुई वटा शैक्षिक संस्थाहरूले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग हस्तान्तरण गरेका छन्।

नेपाल इन्जिनियरिङ कलेज (नेक) ले रु १० लाख दुई हजार ६४३ सहयोग गरेको छ। कलेजका प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष सहयोग हस्तान्तरण गरेका हुन्।

यता जिल्लाकै भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकस्थित जेन्युइन इङ्गलिश स्कुलले पनि भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कामार्फत प्रधानमन्त्री रोहत कोषमा रु १० लाख ५०५ सहयोग हस्तान्तरण गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वबहादुर दुवालको नेतृत्वमा स्कुलका प्रिन्सिपललगायतको टोलीले प्रमुख जिल्ला अधिकारी खड्कालाई कार्यकक्षमा पुगेर सहयोग रकमको भौचर बुझाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *