करदाता लट्रीबाट ३३ जना पुरस्कृत, दुई जनालाई १०-१० लाख
कठमाडौं। सरकारले भदौ महिनाभर सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिजक (बिल) लिने करदाताहरूलाई प्रोत्साहन गर्न सञ्चालन गरेको लट्री प्रणालीमार्फत ३३ जनालाई पुरस्कारका लागि छनोट गरेको छ।
छनोटमा परेकामध्ये दुई जना भाग्यशाली उपभोक्ताले प्रतिव्यक्ति १० लाख रूपैयाँ र अन्य ३१ जनाले प्रतिव्यक्ति १ लाख रूपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन्।
आन्तरिक राजस्व विभागले उपभोक्तालाई खरिदका क्रममा अनिवार्य रूपमा बिल माग्ने बानीको विकास गराउन यस्तो लट्री कार्यक्रम चलाउँदै आएको छ।
सामान्यतया हरेक १५ दिनमा लट्री गरिने भए पनि गत भदौ १० गते रसुवामा गएको बाढीका कारण नियमित प्रक्रिया प्रभावित भएपछि भदौ महिनाको एकैपटक लट्री निकालिएको हो।
विभागका अनुसार १० लाख रूपैयाँ पुरस्कारका लागि ०४८ ९१५ ६१८ २११ र ०३६ ४४७ ८५२ ३७८ नम्बरका बिजकहरू छनोट भएका छन्
। त्यसैगरी, १ लाख रूपैयाँ पुरस्कारका लागि ०३२४५४२६९२७५,
०३८३२८०९१४४४,
०३७५७८६२६७४०,
०३३१४४१६५६६६,
०३६८२५६१९९४४,
०४४७४५४८९४८८,
०४२६१८४७७६२०,
०३९७०५९४२९५९,
०३५९०७३३५९६०,
०४६०९२१८८९६२,
०३४६३६८८५८९७,
०४०००९४६२६३४,
०४१३६५६६१५३०,
०४३७४६६३३०४२, ०
४५६७१४९९५२५,
०४७७५१६२९१२०,
०५३७७७६३४२२६,
०५६४७१६८६००३,
०६०१०८६९५५०७,
०५८५०३९७६७१९,
०४९५२३२१४६७४,
०५४६०९००४४७७,
०५७०५२८७४९४३,
०५०१९४५४२४०६,
०५२२४८४४५०५८,
०५१५८५६५४६३५,
०४८०९८५५७३७३,
०५९८८२०८१५७, ०५५६१८८७७१६७,
०६१७०९२०७४९९,
०६२९१९१९५४५६ नम्बरका बिजकहरू छनोटमा परेका छन्।
विभागका निमित्त महानिर्देशक जनक पौडेलका अनुसार यो कार्यक्रमले उपभोक्तामा बिजक माग्ने प्रवृत्ति बढाउन ठूलो सहयोग पुर्याएको छ।
उपभोक्ताले सामान वा सेवा खरिद गर्दा बिजक माग्दा व्यवसायीको वास्तविक कारोबार आधिकारिक रूपमा प्रणालीमा दर्ता हुन्छ, जसले कर छली नियन्त्रण गर्न र करको दायरा विस्तार गर्न मद्दत पुर्याउँछ।
विभागले बिजक दिन अटेर गर्ने व्यवसायीलाई सचेत गराउँदै अनुगमन र सचेतनामूलक अभियानलाई निरन्तरता दिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment