पोखरा विश्वविद्यालयद्वारा चार संकायका डिन पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान
पोखरा। पोखरा विश्वविद्यालयले आफ्ना चारवटा संकायमा रिक्त रहेका डिन पदपूर्तिका लागि खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत आवेदन आह्वान गरेको छ।
विश्वविद्यालयले व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्वास्थ्य विज्ञान संकायका लागि योग्य, अनुभवी तथा इच्छुक उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो।
डिन छनोट प्रक्रियालाई वस्तुनिष्ठ र नतिजामुखी बनाउन उम्मेदवारले सम्बन्धित संकायको रणनीतिक विकास तथा कार्यान्वयन सम्बन्धी स्पष्ट कार्ययोजना र आफ्नो अद्यावधिक व्यक्तिगत विवरण पेस गर्नुपर्नेछ।
विश्वविद्यालयका अनुसार पेस गरिने कार्ययोजनामा सम्बन्धित संकायको सबल र दुर्वल पक्ष एवम् अवसर र चुनौतीको विश्लेषण , रणनीतिक प्राथमिकता, प्रमुख प्रस्तावित कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र सोको समयसीमा, आवश्यक स्रोत तथा बजेट व्यवस्थापन र अनुगमनका संयन्त्रहरू अनिवार्य रूपमा समेटिनुपर्नेछ।
खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा उम्मेदवारको शैक्षिक योग्यता र कार्यअनुभवका साथै सम्बन्धित संकायको समग्र विकासका लागि प्रस्तुत गरिने रणनीतिक योजना र त्यसको सफल कार्यान्वयन क्षमतालाई प्रमुख आधार बनाइने विश्वविद्यालयले जनाएको छ।
चारवटै संकायमा खुला प्रतिस्पर्धामार्फत नयाँ डिन नियुक्त भएपछि विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा रणनीतिक नेतृत्व थप सबल र प्रभावकारी हुने अपेक्षा लिइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment