रजहरमा कात्तिक ७ देखि प्रथम भेट्रान्स फुटबल प्रतियोगिता, विजेतालाई १ लाख ५० हजार पुरस्कार
नवलपुर। नवलपुरको रजहरमा यही कात्तिक ७ गतेदेखि प्रथम ‘रजहर भेट्रान्स फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ। श्री जनकल्याण सामाजिक विकास केन्द्र (फिर्के) को आयोजना तथा हरियाली युवा क्लबको सह-आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, उपविजेता टोलीलाई नगद ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीहरूले पनि जनही १० हजार रुपैयाँका साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्।
प्रतियोगिताअन्तर्गत प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ को पुरस्कार दिइनेछ। त्यस्तै फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षकलाई ‘उत्कृष्ट गोलरक्षक’ (म्यान अफ द किपर) को विशेष सम्मान प्रदान गरिने आयोजक फिर्के युवा क्लबका अध्यक्ष गिरिराज गौतमले जानकारी दिएका छन्।
यस प्रतियोगितामा लायन्स क्लब अफ रजहर सिटी र रजहर जेसीजले सहयोगी संस्थाका रूपमा सहकार्य गर्नेछन्।
भेट्रान्स (पाका) खेलाडीहरूलाई खेलकुदमा पुनः सक्रिय बनाउनुका साथै स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीहरूबीच आपसी भाइचारा र सामाजिक एकतालाई मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment