बबरमहलमा धमाधम आकाशे पुल निर्माण (तस्बिरहरू)

डिसी नेपाल
४ असोज २०८३ १२:३९

काठमाडौं। काठमाडौँको व्यस्त सडकखण्ड मानिने बबरमहल क्षेत्रमा पैदलयात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै आकाशे पुल निर्माण कार्य तीव्र पारिएको छ।

बबरमहलमा हालसम्म पैदलयात्रु सडक पार गर्नका लागि जेब्रा क्रसिङ र ट्राफिक लाइटमै निर्भर रहनुपरेको थियो। तर, क्षेत्रमा रहेका ट्राफिक लाइटले नियमित र प्रभावकारी रूपमा काम नगर्दा दैनिकजसो पैदलयात्रु तथा सवारी चालकहरूले ठूलो सास्ती र जोखिम व्यहोर्दै आएका छन्।

अव्यवस्थित सडक पारका कारण हुने दुर्घटना न्यूनीकरण गर्न र सवारी आवागमनलाई व्यवस्थित बनाउन सो स्थानमा आकाशे पुल निर्माणको कामलाई धमाधम अघि बढाइएको हो।

(तस्बिरहरू: सक्षम घिमिरे / नेपाल न्यूज बैंक)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *