प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको टोली चीन प्रस्थान
काठमाडाैं। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको भ्रमण टोली आइतबार मित्रराष्ट्र चीन प्रस्थान गरेको छ।
चीनको ‘चाइना ल सोसाइटी’ को आयोजनामा हुन गइरहेको ‘चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेसन (२०२६)’ कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश शर्माको टोली चीन प्रस्थान गरेको सर्वोच्च अदालतले जनाएको छ।
चाइना साउदर्न एयरलाइन्सको विमानमार्फत चीनको ग्वाङ्झाउतर्फ प्रस्थान गरेको उक्त टोली भ्रमण सम्पन्न गरी असोज ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
भ्रमण टोलीमा प्रधानन्यायाधीश शर्माका साथमा उनकी धर्मपत्नी उमा शर्मा, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल र उप-रजिस्ट्रार राजेन्द्र पौडेल सहभागी छन्। सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी गराइएको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment