पाल्पामा जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते

डिसी नेपाल
४ असोज २०८३ २१:५८

पाल्पा । तानसेन–८, भालेबासमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

बुटवलबाट तानसेन हुँदै सिलुवातर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको जिप सडकबाट करिब २० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनुसरा खाम्चाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।

दुर्घटनामा पूर्वखोला–१ का २९ वर्षीय चालक नरबहादुर राना, ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला–४ की २८ वर्षीया मनकुमारी सारु, उनकी ७ वर्षीया छोरी साहिरस सारु र मृतक खाम्चाकी ५ वर्षीया नातिनी सायरा खाम्चा घाइते भएका छन्।

घाइते सबैको लुम्बिनी मेडिकल कलेजमै उपचार भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *