एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ
काठमाडौं। नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का दुई कर्मचारीलाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई आज साँझ पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन/जाहेरीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment