नेपाललाई नेदरल्यान्डले दियो १ सय ३४ रनको चुनौती
काठमाडौँ । ओमनमा जारी पाँच राष्ट्र सहभागि टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डले नेपाललाई १ सय ३४ रनको चुनौती दिएको छ।
ओमनको अल अम्राट क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिंग गरेकोे नेदरल्याण्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ३३ रन बनायो।
नेदरल्यान्डका खेलाडी म्याक्सवेल प्याट्रिक ओ’ डोडले सर्वा्धिक ४३ रन बनाए । यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन जोडे । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै करण केसीले ३ ओभर ३ बलमा १७ रन खर्चेर ४ विकेट लिए। ललित नारायण राजवंशीले १ विकेट लिए।
पहिलो खेलमा आइतबार नेपालले हङकङलाई पराजित गरेको थियो।
पाँचदेशीय सिरिजमा नेपालसहित आयोजक ओमन, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड सहभागि छन्।
नेपालले तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमनसँग असोज २३ गते खेल्ने छ।
युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमनले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment